एन आई सी एशिया बैंकले आफ्नो भाइबर कम्युनिटीमार्फत आफ्नो भाइबर स्टिकर सार्वजनिक गरेको छ । हालसम्म ४८ हजार भन्दा बढी सदस्य जोडिएको भाइबर कम्युनिटीमार्फत बैंकले NIC ASIA Viber Quiz Buzz समेत सञ्चालनमा ल्याएको छ ।
जसमा दैनिक सहभागी भई भाइबर प्रयोगकर्ताहरूले दैनिक तथा साप्ताहिक रुपमा आकर्षक उपहारहरू जित्न सक्नेछन् । २०७८ आश्विन १४ देखि कात्र्तिक १० गतेसम्म सञ्चालन हुने NIC ASIA Viber Quiz Buzz मा दैनिक सहभागी भई सोधिने सामान्य प्रश्नको सही जवाफ दिने एक जनाले साप्ताहिक रुपमा आकर्षक स्मार्टवाच जित्न सक्नेछन् भने हरेक दिन ४ जनाले रू. ५०० को मोबाइल रिचार्ज समेत जित्न सक्ने अफर रहेको छ । यसका लागि यस बैंकको भाइबर कम्युनिटीमा जोडिएर त्यहाँ रहेको बैंकका भाइबर स्टिकर डाउनलोड गर्नुपर्ने हुन्छ ।
प्रतियोगिता अन्तर्गत सोधिने प्रश्नमा दिइएका चार वटा विकल्पहरू मध्येबाट सहभागी महानुभावहरूले सही जवाफ दिनुपर्ने हुन्छ । यसरी सोधिएका प्रश्नहरू मध्ये कुनै एक प्रश्नको मात्रै सही जवाफ दिँदा समेत सहभागीहरू विजेता बन्न सक्नेछन् । बहुसंख्यक सहभागीहरूबाट सही उत्तर आएको खण्डमा गोलाप्रथाबाट विजेता छनौट गर्ने व्यवस्था गरिएको छ । यस प्रतियोगिताका अन्य नियम तथा शर्त बैंकको वेबसाइटमा उपलब्ध छन् । भाइबर कम्युनिटीमा जोडिनका लागि सबैभन्दा पहिले भाइबारभित्र सर्च बक्समा गई यस बैंकको नाम NIC ASIA Bank खोज्नुपर्ने हुन्छ । जसमार्फत बैंकको NIC ASIA Viber Quiz Buzz योजनामा सहभागीता जनाउन सक्नुका साथै बैंकका पछिल्ला योजना, छुट तथा सूचना, सेवा एवं सुविधा जस्ता गतिविधिको बारेमा पनि जानकारी प्राप्त गर्न सकिनेछ ।
प्रतिक्रिया