Logo

बैंक / बिमा /शेयर

प्रभु क्यापिटलको डबल धमाका अफर : १ रुपैयाँमा डिम्याट खाता, नि:शुल्क शेयर बजारको तालिम


GDP नेपाल
   १८ आश्विन २०७८, सोमबार


काठमाडौँ ।

प्रभु क्यापिटलले दशैँ लक्षित डबल धमाका अफर सार्वजनिक गरेको छ । यो योजनामा दैनिक १ रुपैयाँमा डिम्याट खाता खोल्नुका साथै शेयर बजार सम्बन्धी नि:शुल्क विशेषज्ञ तालिम पनि प्रदान गरिने क्यापिटलले जानकारी दिएको छ । 

प्रभु क्यापिटलमा दैनिक डिम्याट खाता खोल्ने मध्ये भाग्यमानी १० जना ग्राहकहरुलाई यो योजना अन्तर्गत छनौट गर्नेछ । दैनिक विजेताहरुको सूची एक दिनपछि प्रभु क्यापिटलको फेसबुक पेज तथा भाइबर कम्युनिटीमार्फत सार्वजनिक गर्ने बताएको छ । 

यसरी छनौट भएका भाग्यमानी ग्राहकहरुलाई खाता खोली सकेपछि १९९ रुपैयाँमा २५ प्रतिशत टिडिएस कट्टि गरी बाँकी रकम ग्राहकको वालेटमा फिर्ता गरिने क्यापिटलले जानकारी दिएको छ ।

यसरी हप्ताभरी छनौट भएका ७० जना भाग्यमानी ग्राहकहरुलाई हरेक शनिवार शेयर बजारसम्बन्धी आधारभूत तालिम प्रदान गर्ने भएको छ । 

तालिममा नेपालको शेयर बजारसम्बन्धी महत्वपूर्ण जानकारी सहित आधारभूत फण्डामेन्टल तथा टेक्निकल विश्लेषण, सेकेण्डरी बजारमा कारोबार गर्दा ध्यानदिनुपर्ने विषय सम्बन्धी विषयवस्तुहरु समावेस गरिने बताइएको छ । 

योजनामा सहभागी हुन नयाँ डिम्याट खाता खोल्न चाहने ग्राहकले भौतिक फारम भरेर तथा प्रभु क्यापिटलको वेवसाइटमा गइ अनलाइन माध्यमबाट डिम्याट खाताको लागि आवेदन दिन सक्ने क्यापिटलले जानकारी दिएको छ । 

रकम फिर्ता लिनको लागि ग्राहकले इसेवा, प्रभु पे, आइएमई पे लगायत स्वीकृत प्राप्त कुनैपनि वालेट प्रदान गर्नु पर्ने क्यापिटलले बताएको छ । 

यो योजनाको अन्त्यमा योजना अवधिभरी खुलेका सबै डिम्याटहरु मध्येबाट भाग्यमानी २० जनालाई प्रभु क्यापिटलले प्रदान गर्ने पिएमएसको कुनै पनि योजनामा वार्षिक शुल्क निःशुल्क गरिने पनि जानकारी दिइएको छ ।

उक्त योजनाको अवधि असोज १८ गते देखि कार्तिक २५ गतेसम्म रहेको छ ।

प्रकाशित : १८ आश्विन २०७८, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह