नेपालको पहिलो भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले दसैँ र तिहारलाई लक्षित गर्दै विभिन्न योजना सार्वजनिक गरेको छ । योजनाअनुसार इसेवामार्फत घटस्थापनादेखि १० दिनसम्म कुनै पनि बैंकमा निस्शुल्क रकम ट्रान्सफर गर्न सकिनेछ ।
यस्तै, ‘१ सयमा स्कुटर’ योजनाको बम्पर उपहारमा एक जना भाग्यशाली विजेताले १ सयमा स्कुटर जित्न सक्नेछन् । स्कुटर नपाउने व्यक्तिको रकम टपअपद्वारा फिर्ता गरिने कम्पनीले जनाएको छ ।
यस्तै, साप्ताहिक रूपमा एक जना भाग्यशाली विजेताले आकर्षक उपहार प्राप्त गर्नेछन् । सेण्ड मनी दसैँ क्याम्पेनमा ५ सय जनाले ५०० र सेण्ड मनी तिहार योजनामा पनि ५ सय जनाले नै ५ सय रुपैयाँ डिजिटल दक्षिणा प्राप्त गर्नेछन् ।
यस्तै, फ्ल्यास अफरअन्तर्गत मोबाइल रिचार्जमा १० प्रतिशत अथवा ५० रुपैयाँसम्मको क्यासब्याक पाउन सकिनेछ । यो योजना ४ अक्टोबरदेखि १३ अक्टोबरसम्म लागू हुनेछ ।
यस्तै, एयरलाइन्स योजनामा दैनिक तीन जनाले रिटर्न टिकट प्राप्त गर्नेछन् भने एक जना भाग्यशाली विजेताले स्कुटर जित्न सक्नेछन् । यो योजना २८ सेप्टेम्बर देखि १२ अक्टोबरसम्म लागू हुनेछ ।
प्रतिक्रिया