Logo

कृषि / सहकारी

आईपीओ निष्कासनको प्रस्तावसहित अभियान लघुवित्तले बोलायो साधारण सभा


GDP नेपाल
   १९ आश्विन २०७८, मंगलबार


काठमाडौँ ।

अभियान लघुवित्त वित्तीय संस्थाले १३ कात्तिकमा दोस्रो वार्षिक साधारणसभा बोलाएको छ । लघुवित्तले भर्चुअल माध्यमबाट सभा गर्ने तयारी गरेको छ ।

सभाले गत आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदनमाथि छलफल गर्नेछ । कम्पनीले अन्य कुनै लघुवित्त वित्तीय संस्थासँग मर्जर तथा प्राप्ती गर्ने विषयमा पनि छलफल हुनेछ । सभामा संस्थाले चालू आर्थिक वर्ष २०७८/०७९ को लागि लेखापरिक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषयमा छलफल गर्नेलगायतको एजेण्डा छ । साथै, कम्पनीले सर्वसाधारणमा प्राथमिक सेयर आईपीओ जारी गर्ने सम्बन्धमा पनि सभाबाट अख्तियारी प्राप्त गर्नेछ ।

प्रकाशित : १९ आश्विन २०७८, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह