काठमाडौँ ।
राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले थप सात नयाँ शाखा कार्यालय विस्तार गरेको छ ।
बैंकले बाग्मती प्रदेश अन्तर्गत काठमाडौंको चन्द्रागिरीस्थित शाखा कार्यालय बलम्बु, कागेश्वरी मनोहरास्थित शाखा कार्यालय थली, ललितपुरको गोदावरीस्थित शाखा कार्यालय ठैव, भक्तपुरको कमलविनायकस्थित शाखा कार्यालय कमलविनायक, चितवनको बरुवाबजारस्थित शाखा कार्यालय माडी र सिन्धुपाल्चोकको सदरमुकाम साँगाचोकगढीस्थित शाखा कार्यालय चौतारामा नयाँ शाखा विस्तार गरी कारोबार शुरू गरेको हो । यस्तै, लुम्बिनी प्रदेशमा प्युठानको सदरमुकाम मल्लरानीस्थित शाखा कार्यालय प्युठानमा शाखा विस्तार गरी कारोबार शुरू भएको छ ।
यससँगै बैंकको शाखा कार्यालयहरूको संख्या २५४ पुगेको छ ।
प्रतिक्रिया