काठमाडौं । सरकारले वैदेशिक रोजगार न्यायधिकरणका सदस्यमा सहन्यायधिवक्ता गोपीचन्द्र भट्टराईलाई नियुक्त गरेको छ ।
मंगलबार बसेको बैठकले ऋण असुली न्यायधिकरणतर्फ सदस्य पदमा कानुन मन्त्रालयका उपसचिव विष्णुप्रसाद रेग्मीलाई नियुक्त गर्ने निर्णय गरेको छ ।
यस्तै, प्रशासन सेवातर्फका सहसचिव रविलाल पन्थलाई सचिवमा बढुवा गरेको छ । पन्थलाई नेपाल सरकार प्रशासन सेवातर्फ राजपत्राङ्कित विशिष्ट श्रेणी सचिव पदमा बढुवा गरिएको हो ।
प्रतिक्रिया