Logo

मुख्य समाचार

प्रधानन्यायाधीशमा जोशी अस्वीकृतः अब के हुन्छ ?


appharu
   १८ श्रावण २०७५, शुक्रबार


काठमाडौं । प्रधान न्यायाधीशमा दीपकराज जोशीको नाम संसदीय सुनुवाई विशेष समितिले अस्वीकार गरेसँगै मुलुकमा संवैधानिक संकट सुरु भएको छ । सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश संसदीय राजनीतिको कोपभाजनमा पहिलोपटक परेपछि संविधानमा परिकल्पना नै नगरेको संकट उत्पन्न भएको छ ।

कायममुकायम प्रधानन्यायाशीशमा आज पनि बहाल रहेका जोशीले राजीनामा पनि दिएका छैनन् । उनले कुनै कारण देखाएर राजीनामा दिए वरिष्ठताको आधारमा ओमप्रकाश मिश्रले कामु प्रधान न्यायाधीशको जिम्मेवारी सम्हाल्न पाउँथे ।

तर, जोशी प्रधानन्यायाधीमा अस्वीकृत भए पनि कामु प्रधानन्यायाधीशमा बहालै रहेकाले अब के हुन्छ भन्ने प्रश्नको जवाफ संविधानविदहरुसँग पनि छैन ।

नेपाल बार एशोसिएसनका महासचिब खम्मबहादुर खाती भन्छन्– प्रस्तावित प्रधान्यायाधीशको नाम समितिले अस्विकृत गरेसँगै अब उहाँको स्टाटस के हुने भन्दै प्रश्न उब्जिएको छ । उहाँको नाम अस्विकृत भए पनि उहाँ कायममुकायम प्रधानन्यायाधीश रहिरहनुहुन्छ ।

संसदीय सुनुवाई विशेष समितिमा रहेका कांग्रेसका ४ सांसदको बहिस्कारपछि समितिले सर्वसम्मत निर्णय गरे पनि जोशीले कायमुमुकायम प्रधान न्यायाधीशकै रुपमा काम गर्न पाउने विज्ञहरु बताउँछन् ।

संविधानविद् डा. चन्द्रकान्त ज्ञवाली संघीय ऐन नल्याईकन संसद कार्यविधिमार्फत सुनुवाई प्रक्रिया अघि बढाउँदा यस्तो प्रश्न उठेको बताउँछन् ।

अब संवैधानिक परिषदले पुनः अर्को प्रक्रिया सुरु गरेर नयाँ प्रधान न्यायाधीशको नाम सिफारिस गरी संसदीय सुनुवाईका लागि पठाउनुपर्नेछ । परिषदले वरिष्ठताको आधारमा ओमप्रकाश मिश्रको नाम पठाउने अनुमान गरिएको छ ।

प्रकाशित : १८ श्रावण २०७५, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह