काठमाडौँ ।
सांग्रिला डेभलमेन्ट बैंक लिमिटेडले बोनस शेयर तथा नगद लाभांश घोषणा गरेको छ ।
बैंकको असोज १९ गते बसेको सञ्चालक समितिको २७७ औं बैठकले बैंकका शेयरधनीहरूलाई आ.व. ०७७र०७८ को सञ्चित मुनाफाबाट चुक्ता पुँजी २ अर्ब ७३ करोड ६९ लाख ७२ हजार ४२० रुपैयाँबाट १० प्रतिशत बोनस शेयर र उक्त बोनस शेयरमा लाग्ने कर प्रयोजनका लागि चुक्ता पुँजीको ०.५२६३ प्रतिशत नगद लाभांश वितरणका लागि प्रस्ताव गरेको हो ।
सो प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृत प्राप्त भए पश्चात बैंकको १७ औँ साधारण सभाबाट पारित भएपछि शेयरधनीहरूलाई वितरण गरिने बैंकले जनाएको छ ।
प्रतिक्रिया