Logo

बैंक / बिमा /शेयर

नबिल बैंककाे “नबिल दशै धमाका अफर”, छुटदेखि क्यासब्याक योजना


GDP नेपाल
   २० आश्विन २०७८, बुधबार


दशैँका अवसरमा नबिल बैंकले “नबिल दशै धमाका अफर” ल्याएको छ ।

यस अफर अन्तर्गत नबिल बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकहरुले बिग मार्ट, दराज र किरानामा कार्ड प्रयोग गरेबापत क्यासब्याक पाउन सक्नेछन ।

नबिल बैंकको यो अफर बमोजिम ग्राहकहरुले बिग मार्टमा १०५ छुट वा अधिकतम ३०० रुपैयाँसम्म क्यासब्याक पाउन सक्नेछन । यो अफर घटस्थापनाको दिन लागु हुने छ । त्यस्तै, किरानामा १५५ छुट वा अधिकतम रु १५०० सम्म क्यासब्याक पाउन सक्नेछन ।

किराना पसलमा यो अफर असोज १८ देखि अक्टोबर २५ गतेसम्म लागु हुने छ । दराजमा भने हरेक शुक्रबार १०∞ छुट वा अधिकतम रु ५०० रुपैयाँसम्म पाउन सक्नेछन । यस अफर मार्फत नबिल बैंकले आ नो ग्राहकवर्गहरुमा दशैंको उपलक्ष्यमा नयाँ हर्ष ल्याउन खोजेको छ ।

यस अफरको लाभ लिनको लागि नबिल बैंकको डेबिट अथवा क्रेडिट कार्ड चाहिने हुनाले नबिल बैंकको नजिकको शाखामा गई खाता खोलेर ग्राहक महानुभावहरुले डेबिट र क्रेडिट कार्ड मार्फत क्यासब्याकको अफर लिन ढुक्क हुन सक्नेछन ।

सन् १९८४ देखि आफ्ना सम्माननीय ग्राहकहरुलाई समायनुकुल सेवा प्रदान गर्दै आएको यस नबिल बैंकको १३५ शाखा, १८५ एटिएम र १५०० भन्दा बढि नबिल रेमिट एजेन्टहरु रहेको नबिल बैंकले नेपाली बैंकिङ्ग क्षेत्रमा नविनतम सेवाको शुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ्ग विकासको ईतिहासमा कोसेढुङ्गाको रुपमा काम गर्दै आएको छ ।

यस बैंक ग्राहकवर्गको उच्च सन्तुष्टी एवम आधुनिक बैंकिङ्ग युगको शुरुवात गर्ने तर्फ केन्द्रित रहेको छ ।

प्रकाशित : २० आश्विन २०७८, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह