काठमाडौँ ।
कामना सेवा विकास बैंकले अनलाईन मार्फत डिम्याट खाता खोल्न सक्ने सुविधा सञ्चालनमा ल्याएको छ । बैंकमा बचत खाता भएका ग्राहकले घरबाटै सहज रुपमा अनलाईन मार्फतनै डिम्याट खाता तथा मेरो शेयर खोल्न सक्ने बैँकले जनाएको छ ।
अनलाईन मार्फत खाताको लागि आवेदन दिएको केहि समयमै डिम्याट खाता खोलिने व्यवस्था बैंकले गरेको छ । साथै बैंकमा खाता नभएका ग्राहकले पनि अनलाईनबाटै उच्चतम ब्याजदरसहितको बैंकको नयाँ ‘शुभलाभ लगानी बचत खाता’ खोली यो सुविधा उपभोग गर्न सक्ने बंक्ले बताएको छ । यस सुविधा अन्तर्गत ग्राहकले प्रथम वर्ष नि:शुल्क मोबाईल तथा ईन्टरनेट बैकिङ, तथा लकर सुविधा प्राप्त गर्न सक्नेछन् ।
देशभर रहेका १२९ शाखा तथा एक विस्तारीत शाखाबाट डिम्याट खाता सम्बन्धी सुविधाहरु सजिलै प्राप्त गर्न सकिने बैँकले जनाएको छ ।
प्रतिक्रिया