Logo

बिजनेस होम

जातीय भेदभावको आरोपमा टेस्लालाई १६ अर्ब बढी जरिवाना


GDP नेपाल
   २० आश्विन २०७८, बुधबार


एजेन्सी ।

विद्युतीय कार निर्माता कम्पनी टेस्लामाथि लागेको जातीय भेदभावको आरोप पुष्टि भएको छ । जातीय भेदभावको अरोप पुष्टि भएसँगै टेस्लाले १३७ मिलियन डलर (१६ अर्ब भन्दा बढी) जरिवाना तिर्नुपर्ने भएको छ ।

क्यालिफोर्निया स्थित प्रोडक्सन युनिटमा कार्यरत पूर्व कर्मचारी ओवेन डियाजले आफूमाथि जातीय भेदभाव भएको भन्दै टेस्लाविरुद्ध सन् २०१७ मा मुद्दा दर्ता गराएका थिए । सोही मुद्दाको फैसला गर्दै सान फ्रान्सिस्को स्थित फेडरल कोर्टले जरिवाना सुनाएको हो ।

सन् २०१५ देखी २०१६ सम्म टेस्लामा कार्यरत डियाजले मुद्दा दर्ता गराएकाे चार वर्षपछि अदालतले उनको पक्षमा फैसला सुनाएको छ ।

प्रकाशित : २० आश्विन २०७८, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह