Logo

Banner-news

संसदबाट एमसिसी पारित गर्न निजी क्षेत्रको आग्रह


GDP नेपाल
   २० आश्विन २०७८, बुधबार


काठमाडौँ ।

अर्थतन्त्रको सुधारका लागि पर्याप्त लगानी आवश्यक भएका कारण एमसिसी पारित गर्न निजी क्षेत्रले आग्रह गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले आज संयुक्त विज्ञप्ति जारी गर्दै सो आग्रह गरेका हुन् ।

नेपाल र अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) बीच चार वर्ष अघि विद्युत प्रसारण लाइन निर्माण र सडक मर्मतको सम्झौता भए पनि अझै काम अगाडि नबढेको निजी क्षेत्रले बताएका छन् ।

“नेपालको विकासमा रणनीतिक महत्व राख्ने विद्युत प्रसारण लाइन र सडक मर्मत आयोजना समयमै निर्माण सम्पन्न गर्न सक्दा उच्च आर्थिक वृद्धिलाई सघाउ पुग्नेछ । कोभिड १९ को महामारीपछि अर्थतन्त्रको सुधारका लागि पर्याप्त लगानी आवश्यक भएको र दीर्घकालमा विद्युत निर्यात एवं प्रविधि हस्तान्तरणको अवसर एमसिसीबाट प्राप्त हुने सम्भावना भएकाले राष्ट्रिय हित हेरी संसदबाट तत्काल पारित गरी कार्यान्वयन गर्न नेपाल सरकार, सम्पूर्ण राजनीतिक दल एवं सरोकारवालाहरू समक्ष आग्रह गर्दछौँ “, विज्ञप्तिमा उल्लेख छ ।

यस्तै, कोरोनाका कारण चालु आर्थिक वर्षको पहिलो महिनामा वैदेशिक लगानी ४९ प्रतिशतले घटेको अवस्थामा ५० करोड अमेरिकी डलरको सहायता नेपालका लागि महत्वपूर्ण रहेको निजी क्षेत्रकाे विश्लेषण रहेको छ ।

प्रकाशित : २० आश्विन २०७८, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह