Logo

बैंक / बिमा /शेयर

बुद्धभुमि हाइड्रोपावरको सेयर बाँडफाँड शुक्रबार


GDP नेपाल
   २० आश्विन २०७८, बुधबार


काठमाडौँ ।

बुद्धभुमि नेपाल हाइड्रोपावर लिमिटेडले निष्काशन गरेको सेयर शुक्रबार बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक सिभिल क्यापिटलले कम्पनीको शेयरको प्रिअलटमेन्ट सकाएको छ ।

आज बुधबार प्रिअलटमेन्ट सकाएर शुक्रबार बाँडफाँट गर्ने भएको हो । कम्पनीले असोज ११ गतेदेखि १४ गतेसम्म सर्वसाधारणको लागि ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता साधारण शेयर निष्काशनमा ल्याएको थियो । त्यसमध्ये २ प्रतिशत अर्थात १६ हजार कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ४० हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याएर बाँकी ७ लाख ४४ हजार कित्ता सर्वसाधारणलाई बाँडफाँट हुनेछ ।

पछिल्लो तथ्यांक अनुसार कम्पनीको आइपीओमा २१ लाख ११ हजार ८१९ जना आवेदकले २ करोड ६५ लाख ३१ हजार ४० कित्ता शेयर खरिदको लागि आवेदन दिएका छन् । माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार न्युनतम १० कित्ताको दरले शेयर बाँडफाँट हुनेछ ।

प्रकाशित : २० आश्विन २०७८, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह