काठमाडौँ ।
विश्व बैंकले सन २०२१/२२ मा नेपालको आर्थिक बृद्धिदर ३.९ प्रतिशतले हुने प्रक्षेपण गरेको छ ।
गत आर्थिक वर्षमा १.८ प्रतिशत रहेको आर्थिक वृद्धिदर चालु आर्थिक वर्षमा बढेर ३.९ प्रतिशत पुग्ने विश्व बैंकको प्रक्षेपण रहेको छ । त्यस्तै सन २०२२/२३ मा नेपालको आर्थिक आर्थिक बृद्धिदर ४.३ प्रतिशत पुग्ने अनुमान विश्व बैंकले गरेको छ ।
कोरोना महामारीका कारण धेरै जसो मुलुकमा लगानी प्रवाह घटेको, आपूर्ति श्रृंखलाहरु खल्बलिएको र रोजगारी गुमेका कारण आर्थिक वृद्धिदर अपेक्षित गतिमा अघि बढ्न नसक्ने जनाइएको छ । यस्तै सरकारले भने चालू आर्थिक वर्षमा ७ प्रतिशत आर्थिक वृद्धि हुने लक्ष्य राखेको छ ।
एडीबीले नेपालको चालू आर्थिक वर्ष २०७८/७९ का लागि ४.१ प्रतिशत वृद्धिदर प्रक्षेपण गरेको छ ।
प्रतिक्रिया