माछापुच्छ्रे बैंकले कात्तिक २६ गते २३ औं वार्षिक साधारण सभा बोलाएको छ ।
बैंकले सेयरधनीलाई सञ्चित मुनाफाबाट १ अर्ब २० करोड रुपैयाँ बोनस सेयर र ६ करोड ३३ लाख रुपैयाँ नगद लाभांश (कर प्रयोजनको लागि) गरी जम्मा १ अर्ब २६ करोड रुपैयाँ लाभांश वितरण गर्न नेपाल राष्ट्र बैंकले स्वीकृत गरेको छ।
बैंकले सेयरधनीहरुलाई चूक्ता पूँजीको १३.३० प्रतिशत बोनस शेयर र ०.७० प्रतिशत नगद लाभांश गरी जम्मा १४ प्रतिशत लाभांश वितरण गर्न लागेको हो। वार्षिक साधारण सभा प्रयोजनको लागि कात्तिक ७ गते सेयर दाखिल खारेज बन्द (बुक क्लोज) हुने बैंकले जनाएको छ।
प्रतिक्रिया