Logo

बिजनेस होम

कोकाकोलाको धन्यवाद अभियान, सामाजिक कार्यको अग्रमोर्चामा रहेका संस्थालाई सम्मान


GDP नेपाल
   २४ आश्विन २०७८, आइतबार


कोकाकोलाले सबै प्रियजनहरु प्रति कृतज्ञता प्रदान गर्ने थिमका साथ चाडपर्वलक्षित अभियान सार्वजनिक गरेको छ।

‘धन्यवाद’ शीर्षक रहेको यस अभियानको मुख्य आशय महामारीको कठिन समयमा साथीको रुपमा सहयात्री बनेकाहरुलाई कोकको बोतल मार्फत धन्यवाद ज्ञापन गर्नु भएको कम्पनीले जनाएको छ।

प्रहरी र थुप्रै गैरसरकारी संस्थाहरुले नेपालमा कोभिड–१९ विरुद्धको लडाईमा आफ्नो महत्वपूर्ण भूमिका निर्वाह गरेका भन्दै दसैं अभियानको एक हिस्साको रूपमा कोकाकोलाले स्वास्थ्य सेवा, ट्राफिक, प्रहरी जस्ता विभिन्न क्षेत्रका अग्रणी योद्धाहरुलाई समर्पित गरेर यसको शुरू गरेको बताइएको छ।

यो अभियानले फ्रन्टलाइन नायकहरुलाई उनीहरुले गरेको समर्पण र समुदायको लागि दिएको सेवाका निम्ति कोकाकोलाको तर्फबाट धन्यावाद व्यक्त गर्नु भएको कम्पनीले जनाएको छ। कोकाकोलाले अग्रपंक्तिका नायकहरुसँग संलग्न रहेर ुधन्यवादु उपहार बक्स बाँढ्दै छ।

बोतलमा धन्यवाद लेबल गरिएको व्यक्तिगत कोकको बोतलहरुमा नाम अंकित गरिएको छ र साथै कोकाकोलाको कन्टूर ग्लास पनि समावेश रहेको कम्पनीले जनाएको छ।

कम्पनीले चारवटा गैरसरकारी संस्थालाई धन्यवादसहित कोकाकोला प्रदान गरेको थियो। महावीर पुनको नेतृत्वमा रहेको राष्ट्रिय आविष्कार केन्द्र, देशका युवाहरुको नेतृत्वमा रहेको हामी नेपाल, जनावरहरुको उद्धार तथा बासस्थान सेवा दिँदै आएको स्नेहा केयर र हर्टबिटलाई प्रदान गरेको कम्पनीले जनाएको छ।

आगामी दिनमा कोकाकोलाले अस्पताल र ट्राफिक प्रहरीसहित अन्य धेरै संगठनहरुमा भ्रमण गर्ने तय गरेको छ।

‘अग्रपंक्तिमा काम गर्ने व्यक्तिहरुले विगत डेढ बर्षदेखि जारी महामारीमा अत्यन्तै महत्वपूर्ण भूमिका खेलेका छन्। उनीहरु निडर भएर जीवन बचाउन र स्थितिलाई सामान्य बनाउन प्रयासरत छन्। हामी उहाँहरुको सराहना गर्दछौं र उनीहरुको निस्वार्थ प्रयासको सलाम गरी महामारीको समयमा उनीहरुको साहसी कार्यहरुको लागी धन्यवाद ज्ञापन गर्दछौँ’. कोकाकोला नेपालका कन्ट्री डिरेक्टर आदर्श अवस्थीले भने।

प्रकाशित : २४ आश्विन २०७८, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह