काठमाडौँ ।
साताको तेस्रो दिन मंगलबार सेयर बजारमा पहिरो गएको छ ।
आज नेप्से ७७.३३ अंकले घटेर २५१०.७३ बिन्दुमा पुगेको छ । आज सबै समूह राताम्मे भएका छन् । बैँकिङ ५१.६६, विकास बैंक १९४.९७, फाइनान्स ११२.१४, होटल तथा पर्यटन ८८.२९, जलविद्युत ११७.९९, लगानी २.४, जीवन बीमा ४२८.३९, निर्जीवन बीमा ३१४.०८, माइक्रोफाइनान्स १३५.८२, उत्पादन १७५.३२ र अन्य समूह ३३.२ अंकले घटेका छन् ।
आज २२१ कम्पनीका ९५ लाख कित्ता शेयर ३ अर्ब ७८ करोडमा कारोबार भएका छन् ।
प्रतिक्रिया