Logo

विकास / पूर्वाधार

विराटनगर जुट मिलमा फेरी विवाद चर्कियो, वन र नेपाल दुबै अध्यक्ष भएकाे दावी


appharu
   २३ श्रावण २०७५, बुधबार


पार्वती थपलिया ,काठमाडाैँ  २३ साउन ।देशकै पुरानो जुट मिल ‘विराटनगर जुट मिल’ मा फेरी विवाद चुलिएको छ । केहिले राजनीतिक हस्तक्षेत्र त कहिले मजदुर आन्दोलनले थलिएको जुट मिल यति वेला भने सञ्चालक समितीको किचलोमा परेको हो ।

मिलमा अहिले बसन्त वन र मुुकुन्द नेपालको पक्षघर दुई खेमा निस्किएको छ । सञ्चालक समितीका सदस्यहरु समेत वन र नेपालको पक्षमा विभाजित बनेका छन् ।

वन र नेपाल दुबैले आफु नै अध्यक्ष भएको दावी गरेपछि सञ्चालक समितीका सदस्यपनि बांडिएका छन् । वन र नेपाल दुबैले पत्रकार सम्मेलन गर्दै आफुलाई आधिकारिक भएको दावी गरेपछि उद्योगको काम भन्दा पनि नेतृत्व कसको हातमा पार्ने भन्नेमा लडाँइ सुरु भएको छ ।

०७४ साउन ८ गते सपन्न साधारण सभाले वनलाई सञ्चालक समितिको अध्यक्ष चयन गरेको थियो । तर नेपालपक्षले भने एक कित्ता पनि सेयर नभएको व्यक्ति अध्यक्ष बनाउन नहुने भन्दै सो निर्णय खोरजीको माग गरेको थियो ।

विराटनगर जुट मिल वि.सं. १९९३ सालमा स्थापना भएको हो । आर्थिक र राजनीतिक रूपमै ऐतिहासिक र संभावना भएर पनि राजनीतिक खिचातानीकै कारणले उद्योग फस्टाउन नसकेको हो ।

विराटनगरस्थित ६७ बिघा र झापाको दमकलगायतका ठाउँमा गरी कूल ६८ विघा जग्गा छ । नयाँ र पुराना गरी दुईवटा मिल र दुर्लभ मानिएको जेनेरेटरसमेत अलपत्र अवस्थामा छन् ।

उद्योगको हाल ५ अर्ब बढी रुपैयाँको दायित्व तिर्न बाँकी छ । उद्योगमा रहेका करिब १० करोड बढीका मेसिन तथा मेसिनरी पार्टपूर्जा अवैध रुपमा बिक्री भइसकेका छन् ।

प्रकाशित : २३ श्रावण २०७५, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह