काठमाडौँ ।
हिमालयन रिइन्स्योरेन्स कम्पनी लिमिटेडले साधारण सभा आह्वान गरेको छ । यसअघि कार्तिक १२ गते स्थगित गरिएको साधारण सभा कार्तिक २६ गते होटल अलफ्ट, ठमेलमा बस्ने भएको छ ।
सभा अपरान्ह ५ बजेबाट सुरू हुनेछ । सभामा सर्वसाधारणका लागि साधारण सेयर निष्कासन गर्ने प्रस्ताव राखिने छ । सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्धारा प्रस्तुत प्रथम वार्षिक प्रतिवेदन छलफल गरी पारित गरिनेछ । लेखा परीक्षकको प्रतिवेदन सहितको वासलात, नाफा जोक्सान हिसाब नगद प्रवाह विवरण तथा सम्बन्धित अनुसूचीहरु सहितको वित्तीय विवरणहरु उपर छलफल गरी पारित गरिनेछ ।लेखापरीक्षकको नियुक्ति गर्ने तथा पारिश्रमिक तोक्ने, सञ्चालकहरुको निर्वाचन गर्ने, स्वतन्त्र संचालकको नियुक्ति अनुमोदन गर्ने, सञ्चालकको पारिश्रमिक, मता तथा सुविधा लगायतका विभिन्न प्रस्तावहरू सभामा पेश हुनेछन् ।
प्रतिक्रिया