काठमाडौँ । मंगलबार सेयर बजार परिसूचक नेप्से ३३.४१ अंकले बढेर दुई हजार ७१६.६६ विन्दुमा पुगेको छ ।
बैंकिङ १७, विकास बैंक २७, फाइनान्स ५४, होटल तथा पर्यटन ४३, हाइड्रोपावर ६९, माइक्रोफाइनान्स ४३, ब्यापार ४५, अन्य ३४, जीवन बीमा १३२, निर्जीवन बीमा १०५ र उत्पादन उपसमूह ७३ अंकले बढेको छ ।
आज सर्पोट माइक्रोफाइनान्स वित्तिय संस्था, यूनाइटेड आइडीआई मर्दी आरबी हाइड्रा्पावर र कुथेली बुखरी स्मल हाइड्रोपावरको सेयर सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेपनि थ्री स्टार हाइड्रा्पावरको सेयर १० प्रतिशतले घटेको छ ।
यस दिन ३०९ कम्पनीको एक करोड ४२ लाख कित्ता सेयर ७ अर्ब ४४ करोडमा कारोबार भएको छ ।
प्रतिक्रिया