काठमाडौँ ।
नेपाल बैंक लिमिटेडको सञ्चालक समिति सदस्यमा अर्थ मन्त्रालयका सहसचिव रितेश कुमार शाक्य नियुक्त भएका छन् ।
नव नियुक्त सञ्चालक शाक्यले बिहीवार सञ्चालक समितिका अध्यक्ष सुमनराज अर्यालबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् । शपथ ग्रहण कार्यक्रममा बैंक सञ्चालक समितिका सदस्यहरु, प्रमुख कार्यकारी अधिकृत, नायब प्रमुख कार्यकारी अधिकृत र कम्पनी सचिव समेतको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया