मुक्तिनाथ विकास बैंकले ‘मुक्तिनाथ उत्कृष्ट बचत खाता’ योजना सञ्चालनमा ल्याएको छ ।
यो खाता योजनामा सर्वाधिक ब्याजदर प्रदान गरिनुका साथै रु १० लाखको दुर्घटना मुत्यु तथा अशक्तता बिमा सुविधा दिइएको बैंकले जनाएको छ ।
ग्राहकहरुले १० हजार रुपैयाँको न्यूनतम मौज्दातमै यो खाता खोल्न सक्नेछन् भने सर्वाधिक ब्याजदर ५.५०५ को दरले मासिक ब्याज भुक्तानी प्रदान हुनेछ । साथै पहिलो वर्षको लागि निशुल्क डेबिट कार्ड र हरेक वर्ष निःशुल्क मोबाइल बैंकिङ्ग तथा इन्टरनेट बैंकिङ्गको सेवा प्रदान गरिने बैंकले जनाएको छ ।
प्रतिक्रिया