Logo

बैंक / बिमा /शेयर

सानिमा र माछापुच्छ्रे बैंकको सेयरमूल्य समायोजन


GDP नेपाल
   ७ कार्तिक २०७८, आइतबार


काठमाडौं ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले आइतवार सानिमा बैंक र माछापुच्छ्रे बैंकको बोनस शेयरको मूल्य समायोजन गरेको छ ।

नेप्सेले सानिमा बैंकको १७ प्रतिशत बोनस शेयरको समायोजनपछि शेयरमूल्य रू. ४१७ तोकेको छ ।

कम्पनीको अघिल्लो कारोबारको दिन अर्थात् बिहीवार कायम अन्तिम शेयरमूल्य रू. ४८८ दशमलव ८० को आधारमा शेयरमूल्य समायोजन भएको हो ।

सानिमा बैंकले १७ प्रतिशत बोनस शेयर र शून्य दशमलव ८९ प्रतिशत नगद लाभांश ९कर समेत० पारित गर्न कात्तिक १४ गते १७ औं वार्षिक साधारण सभा बोलाएको छ ।

कम्पनीले आम्रापाली ब्यांक्वेट, बालुवाटार, काठमाडौंमा बिहान ११ बजे शुरु सभा हुने जानकारी दिएको छ । कोभिड १९ महामारीको जोखिमका कारण साधारण सभामा सहभागी हुन इच्छुक शेयरधनीहरुलाई भिडियो कन्फ्रेन्स मार्फत जुम आईडि र पासकोड उपलब्ध गराउने व्यवस्था पनि गरेको छ ।

त्यस्तै, नेप्सेले माछापुच्छ्रे बैंकको १३ दशमलव ३० प्रतिशत बोनस शेयरको समायोजनपछि शेयरमूल्य रू. ३२२ दशमलव शून्य ७ तोकेको छ ।

कम्पनीको बिहीवार रू. ३६४ दशमलव ९० मा अन्तिम कारोबार भएको थियो ।

माछापुच्छ्रे बैंकले कात्तिक २६ गते, होटल पोखरा ग्राण्ड, पार्दि पोखरामा २३ औं वार्षिक साधारण सभा बोलाएको छ । उक्त सभा बिहान ११ बजे शुरु हुनेछ ।

कोभिड १९ महामारीको जोखिमका कारण साधारण सभामा भिडियो कन्फ्रेन्स मार्फत सहभागि हुने शेयरधनीहरुलाई जुम आईडि र पासकोड उपलब्ध गराउने व्यवस्था पनि गरिएको बैंकले जानकारी दिएको छ ।

सभाले हाल कायम चुक्ता पूँजीको १३ दशमलव ३० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ शून्य दशमलव ७० प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।

दुवै कम्पनीले लाभांश तथा साधारण सभा प्रयोजनार्थ आइतवार बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरेको हो ।

प्रकाशित : ७ कार्तिक २०७८, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह