ग्लोबल आइएमई बैँक लिमिटेडले ललितपुरको मंगलबजारमा २८२औं शाखा खोलेको छ ।
बैँकका ७६ जिल्लामा २८२ शाखा, २५१ एटीएम र २६० शाखारहित बैँकिङ सेवा छन् । त्यसैगरी, ४८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर, तीन वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी ८४० सेवा केन्द्रबाट २६ लाखभन्दा बढी ग्राहकलाई सेवा दिइरहेको छ ।
बैँकलेले अमेरिका, बेलायत, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकमा रेमिट्यान्सको सेवा समेत दिंदै आएको जनाएको छ ।
प्रतिक्रिया