काठमाडौँ ।
सिद्धार्थ बैंक लिमिटेडले सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।
बैंकले गत आर्थिक वर्षको नाफाबाट हाल कायम चुक्ता पुँजीको १४ दशमलव २५ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ शून्य दशमलव ७५ प्रतिशत नगद लाभांश गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । उक्त प्रस्तावित लाभाशं नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीले प्राप्त गर्ने छन् ।
प्रतिक्रिया