काठमाडौँ ।
कुमारी बैंक लिमिटेड र रोडियो क्याफ एन्ड बार प्राइभेट लिमिटेडबीच सम्झौता भएको छ । सम्झौता अनुसार कुमारी बैंकका ग्राहकलाई रोडियो क्याफ एन्ड बारले विशेष छुट प्रदान गर्ने भएको हो ।
कुमारी बैंकका मार्केटिङ प्रमुख नवीन मुनि बज्राचार्य र रोडियो क्याफे एन्ड बार प्राइभेट लिमिटेडका निर्देशक सुचित्रा महर्जनले हस्ताक्षर गरेका हुन् ।ग्राहकले बैँकको डेबिट–क्रेडिट कार्डबाट भुक्तानी गर्दा रोडियो क्याफे एन्ड बारमा विभिन्न आउटलेट तथा खानपिनमा १० प्रतिशतसम्मको आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।
कुमारी बैंकले हालसम्म देशभर १९६ शाखा सञ्जाल, १७३ एटिएम, ३३ शाखारहित बैंकिङ इकाइ तथा १४ एक्सटेन्सन काउन्टरबाट आफ्ना बैंकिङ सुविधा दिँदै आएको छ ।
प्रतिक्रिया