Logo

बैंक / बिमा /शेयर

तीन वटा वाणिज्य बैँकमाथि राष्ट्र बैँकको कारवाही


GDP नेपाल
   ८ कार्तिक २०७८, सोमबार


काठमाडौँ ।

नेपाल राष्ट्र बैँकले तीन वटा वाणिज्य बैँकहरुलाई कारवाही गरेको छ । नेपाल बंगलादेश बैंक (एनबी) हिमालयन बैंक र प्रभु बैंक कारवाहीमा परेका हुन् । प्रभु बैंक र नेपाल बंगलादेश बैँकयो पहिलो पटक कारवाहीमा परेका हुन् ।

यस्तै, हिमालयन बैंकलाई कारवाहीमा परेको भने यो दोस्रो पटक हो । राष्ट्र बैंकको बैंक सुपरीवेक्षण विभागले हिमालय बैंकलाई पहिलोपटक १७ हजार १ सय २२ रुपैयाँ र दोस्रो पटक १२ हजार ८ सय ९९ रुपैयाँ जरिवाना तिराएको छ भने नेपाल बंगलादेश बैंकलाई ३० हजार ३२४ रुपैयाँ र प्रभु बैंकलाई ३५ हजार ६ सय ९५ रुपैयाँ जरिवाना तिराएको छ । वैधानिक तरलता अनुपात र अनिवार्य नगद मौज्दात कायम नगरेको भन्दै राष्ट्र बैंकले यी बैंकहरुलाई कारबाही गरेको हो ।

त्यस्तै, राष्ट्र बैंकले गैरस्थलगत निरीक्षणको आधारमा पाँ वटा फाइनान्स कम्पनीलाई पनि जरिवाना तिराएको छ । राष्ट्र बैंकले फाइनान्स कम्पनीलाई कुल निक्षेपको पाँच प्रतिशत राष्ट्र बैंकमा अनिवार्य जम्मा गर्नुपर्ने व्यवस्था गरेकोमा सो नगरेकाले जरिवाना तिराएको हो । राष्ट्र बैंकले समृद्धि फाइनान्सलाई पहिलोपटक एक सय ३८ रुपैयाँ २७ पैसा, गुडवील फाइनान्सलाई भदौमा अनिवार्य मौज्दात कायम नपरेबापत दुई हजार आठ सय सात रुपैयाँ ९९ पैसा, सिटी एक्सप्रेस फाइनान्सलाई दुई लाख ५९ हजार सात सय ५१ रुपैयाँ, जानकी फाइनान्सलाई ३१ लाख ९२ हजार तीन सय आठ रुपैयाँ जरिवाना तिराएको हो ।

त्यस्तै, राष्ट्र बैंकले विपन्न वर्गको कर्जा पर्याप्त प्रवाह नगरेकोमा ललितपुर फाइनान्सलाई सात लाख ११ हजार ९प्रथम त्रैमास०,ललितपुर फाइनान्सलाई ६ लाख ६७ हजार ९दोस्रो त्रैमास० र ललितपुर फाइनान्सलाई ६ लाख ७८ हजार ९तेस्रो त्रैमास० जरिवाना गरेको हो ।

प्रकाशित : ८ कार्तिक २०७८, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह