काठमाडौँ ।
बैंक अफ काठमाण्डूले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। बैंकको सोमबार बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो ।
बैँकले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट हाल कायम चुक्तापुँजीको कुल १४ प्रतिशतले हुन आउने १ अर्ब ३५ करोड २१ लाख ४४ हजार ७००.०६ रुपैयाँबराबरको लाभांश प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपश्चात आगामी २७ औँ वार्षिक साधारणसभाबाट अनुमोदन गरी कार्यान्वयनमा ल्याइने बैंकले जनाएको छ।
प्रतिक्रिया