काठमाडौँ ।
लुम्बिनी विकास बैंकले शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।
बैंकले गत आर्थिक वर्षको मुनाफाबाट चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र लाभांशमा लाग्ने कर सहित ३.७१२ प्रतिशत नगद लाभांश गरी कुल १३.७१२ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । कात्तिक ८ गते सम्पन्न बैंकको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो । नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।
प्रतिक्रिया