Logo

राजनीति

वाग्मती प्रदेशकी मुख्यमन्त्री शाक्यले दिइन् राजीनामा


GDP नेपाल
   १० कार्तिक २०७८, बुधबार


मकवानपुर ।

वाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आज पदबाट राजीनामा दिएकी छन् । बुधबार दिउँसो १ बजेका लागि बोलाइएको प्रदेशसभाको बैठकलाई सम्बोधन गर्दै शाक्यले संविधानको धारा १६९ को उपधारा १ (क) बमोजिम राजीनामा दिएकी हुन् ।

शाक्यले प्रदेशसभा सचिवालयमा विश्वासको मत नपाउने निश्चित जस्तै भएपछि पदबाट राजीनामा दिएकी हुन् । वाग्मती प्रदेशमा एमालेका ४३ सांसद मात्रै छन् । त्यसबाहेक, माओवादी केन्द्रका २३, कांग्रेसका २२, एकीकृत समाजवादीका १३, जनता समाजवादी पार्टीका १, विवेकशील साझाका ३, नेपाल किसान मजदुर पार्टी (नेमकिपा) र राप्रपाका २ जना छन् ।

प्रकाशित : १० कार्तिक २०७८, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह