Logo

बैंक / बिमा /शेयर

बैंक अफ काठमाण्डूद्वारा विभिन्न अस्पताललाई स्वास्थ्य सामाग्री हस्तान्तरण


GDP नेपाल
   ११ कार्तिक २०७८, बिहिबार


विश्व महामारीको रुपमा रहेको कोरोना भाइरस कोभिड –१९ संग लडन सहयोग पुग्ने हेतुले बैंक अफ काठमाण्डू लिमिटेडले आफ्नो संस्थागत सामाजीक उत्तरदायित्व नीति अन्र्तगत देशभका विभिन्न अस्पताल तथा स्वास्थ्यचौकीहरुमा पीपीए, मास्क, पञ्जा र सेनिटाइजर हस्तान्तरण गरेको छ ।

बैंकले प्रदेश नं १ अन्र्तगत खादँबारी जिल्ला अस्पताल, प्रदेश नं. २ अन्र्तगत स्वास्थ्य चौकी सखडा, छिन्नमस्ता, सप्तरी, मिर्चैया नगरपालिकाद्वारा संचालित प्राथमिक स्वास्थ्य चौकी, मिर्चैया र गढीमाई नगरपालिकाद्वारा संचालित समनपुर स्वास्थ्य चौकी, रौतहट, बागमती प्रदेश अन्र्तगत भक्तपुर अस्पताल र किर्तिपुर अस्पताल, लुम्बिनी प्रदेश अन्र्तगत राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराही, दाङ तथा सुदुरपश्चिम प्रदेश अन्र्तगत टिकापुर अस्पताल र डडेल्धुरा अस्पताललाई भिन्नभिन्न समारोहहरुकाबिच स्वास्थ्य उपकरण हस्तान्तरण गरेको हो । उक्त व्यक्तिगत स्वास्थ्य सामग्रीहरुको वितरणले विश्वब्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको प्रकोपबाट सृजना भएको कठिन परिस्थितिमा सीमित स्रोत साधनकाबिच संक्रमण नियन्त्रणको अग्रस्थानमा रहेका स्वास्थ्यकर्मिहरुको स्वास्थ्य सुरक्षामा सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।

बैंक अफ काठमाण्डू लिमिटेडले आफ्नो समाजिक उत्तरदायित्व अन्र्तगत स्वास्थ्य, शिक्षा, दैवीक प्रकोप, वित्तीय साक्षरता लगायत थुप्रै क्षेत्रहरुमा अग्रसर भई सबै प्रदेशहरुमा समानुचित रुपमा सहयोग हस्तान्तरण गरीरहेको छ ।

प्रकाशित : ११ कार्तिक २०७८, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह