Logo

अर्थनीति

तीन महिनाको निर्यातः २२ अर्बको भटमास तेल, साढे ११ अर्बको पाम आयल !


GDP Nepal
   ११ कार्तिक २०७८, बिहिबार


काठमाडौं । चालू आर्थिक वर्षको पहिलो तीन महिनामा वैदेशिक व्यापार ह्वात्तै बढे पनि यसले व्यापारघाटा पनि बढाएको छ । साउनदेखि असोज मसान्तसम्म ५ खर्ब ४३ अर्ब ५७ करोड रुपैयाँ बराबरको व्यापार भएको छ ।

तीन महिनामा आयात ६३.७३ प्रतिशतले बढेर ४ खर्ब ६३ अर्ब ५२ करोड रुपैयाँ पुगेको छ भने निर्यातमा १०९.५४ प्रतिशत वृद्धि भइ ६५ अर्ब ५ करोड रुपैयाँ पुगेको छ ।

यससँगै व्यापारघाटा पनि ५८.२८ प्रतिशतले बढेर ४ खर्ब १३ अर्ब ४७ करोड भएको छ ।

निर्याततर्फ सबैभन्दा बढी २२ अर्ब २ करोड मूल्य बराबरको भटमासको तेल, ११ अर्ब ५० करोडको पाम आयल तथा १ अर्ब ८२ करोडको सनफ्लावर आयत निकासी भएको छ भने अलैंचीको निकासी १ अर्ब २८ करोड रुपैयाँ बराबरको रहेको छ ।

भटमासको आन्तरिक उत्पादनले मुलुकको माग धान्न सक्दैन भने पाम आयल पूर्णतः आयातमा आधारित छ । यसरी हेर्दा नेपालको निर्यात व्यापार उत्पादनमा आधारित नभइ भारतको भन्सार दरसँग खेलेर कृत्रिम रुपमा बढाइएको देख्न सकिन्छ ।

प्रकाशित : ११ कार्तिक २०७८, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह