काठमाडौँ ।
गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले एघारौँ वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको साधारण सभा मंसिर १० गते, शुक्रबार कम्पनीको प्रधान कार्यालय, श्री राज भवन, तिनकुने, काठमाडौंमा बिहान ११ बस्ने भएको छ ।
सभा भर्चुअल माध्यमबाट सञ्चालन हुने कम्पनीले जनाएको छ । सभामा सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट कम्पनीको शेयरधनीहरूलाई हाल कायम चुक्ता पूँजीको ५.५० प्रतिशतले हुन आउने १० करोड ८६ लाख ६५ हजार ४ सय बराबरको बोनस सेयर र कर प्रयोजनको लागि ०.२८९ प्रतिशतले हुन आउने ५७ लाख १९ हजार २ सय ३१ रुपैयाँ ५७ पैसा नगद लाभांश गरि कुल ५.७८९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।
प्रतिक्रिया