काठमाडौं ।
सरकारले भारत, अमेरिका र बेलायतका लागि राजदूत सिफारिस गरेको छ ।
भारतका लागि डा. शंकर शर्मा, अमेरिकाका लागि श्रीधर खत्री र बेलायतका लागि ज्ञानचन्द्र आचार्यलाई राजदूतमा सिफारिस गरिएको स्रोतले जनाएको छ । शंकर शर्मा यसअघि नेपालका लागि अमेरिकी राजदूत थिए भने खत्री परराष्ट्र मामिलाका विज्ञ र आचार्य यसअघि संयुक्त राष्ट्रसंघको स्थायी प्रतिनिधि थिए ।
प्रतिक्रिया