Logo

कर्पोरेट-बजार

इमानदार हिसाबले व्यवसाय गर्ने हो भनेमात्र सफल हुन सकिन्छ: ढकाल


GDP Nepal
   १२ कार्तिक २०७८, शुक्रबार


पोखरा । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले इमानदार हिसाबले व्यवसाय गर्नेहरु कुनै पनि व्यवसायमा सफल हुने बताएका छन्।

शुक्रबार इन्टरनेशनल एशोसियशन अफ लायन्स क्लबको डिस्ट्रिक्ट क्याबिनेट अफिसर्श स्कूलिङ्ग कार्यक्रमलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले जुन कुनै व्यवसायमा पनि सफल हुन इमानदार र लगनशिल भएर लाग्नुपर्ने बताए ।

“हामीले सन् २००० तिर पूर्ण रुपमा अनौपचारिक रुपमा रहेको रेमिट्यान्स व्यवसायलाई औपचारिक बनाउने काम ग¥यौँ । इमान्दार हिसाबले व्यवसाय गर्ने हो भने कुनै पनि व्यवसायमा सफल हुन सकिन्छ,” ढकालले भने ।

लायन्स क्लब र नेपाल उद्योग वाणिज्य महासंघको नेटवर्क प्रयोग गरी आम पब्लिकको इन्टेस्टमा हुने ब्यवसाय गर्न आवश्यक रहेको उनको भनाइ छ ।

नेतृत्व विकास, व्यक्तित्व विकास र समाज सेवामा लायन्स क्लबले खेलेको भूमिकाको प्रसंशा गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले यसका लागि लायन्स क्लब र नेपाल उद्योग वाणिज्य महासंघबीच पनि सहकार्य हुनसक्ने बताए ।

ढकालले कोभिडपछिको अर्थतन्त्रलाई चलायमान बनाउन लायन्स क्लब र नेपाल उद्योग वाणिज्य महासंघबीच सहकार्य आवश्यकता रहेको बताए ।

“कोभिड–१९ को प्रकोप पनि विस्तारै कम हुदै गएकोले मुलुकमा लगानीको लागि उपयुक्त वातारण तयार भएको छ । लायन्स क्लब र उद्योग वाणिज्य महासंघबीच सहकार्य गर्दै मुलुकभित्र लगानी विस्तार तथा नयाँ नयाँ प्रविधि भित्र्याउने र नवप्रवतन उद्योग व्यवसायलाई प्रबर्द्धन गर्न आवश्यक रहेको छ,” उनले भने ।

उनले अहिले विस्तारै मुलुकमा व्यावसायिक गतिविधि गर्नका लागि उपयुक्त वातावरण बन्दै गरेको र यसका लागि लायन्स र नेपाल उद्योग वाणिज्य महासंघबीच सहकार्यको आवश्यकता रहेको बताए ।

महासंघको नेतृत्वले मुलुकमा व्यावसायिक वातावरण बनाउन सरकार तथा अन्य सरोकारवाला निकायसँग निरन्तर वार्ता, संवाद तथा सहकार्य जारी राखेको ढकालले जानकारी दिए ।

प्रकाशित : १२ कार्तिक २०७८, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह