Logo

बिजनेस होम

ग्यासको भाउ ५० रुपैयाँ बढ्योः पेट्रोल र डिजेलमा ३ रुपैयाँ


GDP Nepal
   १३ कार्तिक २०७८, शनिबार



काठमाडौं । सरकारले खाना पकाउने एलपी ग्याससहित सबैखाले इन्धनको मूल्य बढाएको छ ।

शुक्रबार रातिबाट लागू हुने गरी नेपाल आयल निगमले खाना पकाउने ग्याससहित पेट्रोल, डिजेल, मटितेल, हवाई इन्धनको मूल्य बढाएको हो ।

एलपी ग्यासको मूल्य प्रतिसिलिण्डर ५० रुपैयाँले बढेर १५ सय रुपैयाँ पुगेको छ । यस्तै, पेट्रोल डिजेल र मटीतेलको मूल्य पनि प्रतिलिटर ३ रुपैयाँका दरले बढेको छ ।

अब पेट्रोलको मूल्य प्रतिलिटर १३३ रुपैयाँ भएको छ । डिजेल मटीतेलको मूल्य प्रतिलिटर ११६ रुपैयाँ पुगेको छ ।

आन्तरिक तथा बाहृय हवाई ईन्धनमा साबिकको बिक्रि मूल्यमा प्रतिलिटर १० रुपैयाँले वृद्धि गरी आन्तरिक हवाई इन्धनको मूल्य प्रति लिटर ९६ तथा अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य प्रति किलो लिटर अमेरिकी डलर ८५३ प्रति किलो लिटर कायम गरिएको छ ।

‘मूल्य समायोजनपछि पनि निगमलाई पेट्रोलमा प्रति लिटर १२.५५ रुपैयाँ तथा डिजेलमा प्रतिलिटर ११.६७ रुपैयाँ घाटा छ । एलपी ग्यासमा प्रतिसिलिण्डर ४६१.२२ रुपैयाँ घाटा हुने निगमको दावी छ ।

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढिरहेको अवस्था देखिएकोले निगमको घाटा कम गर्न आगामी दिनहरुमा पनि मूल्य बृद्धि गर्नुपर्ने बाध्यतामा निगम रहेको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित : १३ कार्तिक २०७८, शनिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह