काठमाडौं । राष्ट्रप्रमुख र सरकार प्रमुखले शनिबार गरेको धार्मिक यात्रा तथा पूजाआजा चर्चामा छ ।
राष्ट्रपति विद्यादेवी भण्डारी मुस्तांगको मुक्तिनाथ र बागलुंगको ढोरपाटनमा धार्मिक यात्रामा निस्केकी थिइन् भने कार्यवाहक प्रधानमन्त्री वालकृष्ण खाँड पूजाआजाका लागि शनिबार बिहानै पशुपतिनाथ मन्दिर पुगे ।
राष्ट्रप्रमुख र सरकार प्रमुख एकै दिन धार्मिक पीठको दर्शनमा निस्कनु संयोगमात्र भए पनि धर्म निरपेक्ष मुलुकमा उच्च सार्वजनिक पदमा रहेकाहरुले यसरी हिन्दु धर्मका शक्ति पीठमा दर्शनका लागि जानु संविधानको भावनाविपरीत भन्दै केहीले आलोचना गर्दै आएका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवा बेलायत भ्रमणमा रहेका कारण खाँडले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी सम्हालिरहेका छन् ।
प्रतिक्रिया