मुक्तिनाथ विकास बैंकले लाभांश घोषण गरेको छ ।
गत शुक्रबार बसेको बैंक सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/०७८ को सञ्चित मुनाफबाट सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो । बैंकले सेयरधनीलाई हाल कायम चुक्ता पुँजी चार अर्ब ८१ करोड १५ लाख ५१ हजारको १७.५७५ प्रतिशत बोनस सेयर र लाभांशमा लाग्ने कर प्रयोजनार्थ ०.९२५ प्रतिशत नगद लाभांशसहित कुल १८.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
बैंकको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीमा वितरण हुनेछ ।
प्रतिक्रिया