Logo

बैंक / बिमा /शेयर

बैंक अफ काठमाण्डूका ग्राहकलाई सोवा हेल्थकेयरमा १५ प्रतिशत छुट


GDP नेपाल
   १४ कार्तिक २०७८, आइतबार


बैंक अफ काठमाण्डू लिमिटेड र सोवा हेल्थकेयर सेन्टर बिच सम्झौता भएको छ ।

उक्त सम्झौता अनुसार बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, प्रिपेड कार्ड, मोबाइल बैंकिङ्ग तथा क्यूआर कोर्डको माद्यमबाट सोवा हेल्थकेयरमा भुक्तानी गर्दा बैंकका ग्राहकर्ले १५ प्रतिशतसम्म छुट पाउन सक्नेछन् । यस सम्झौता पश्चात् ग्राहकले सोवा हेल्थकेयर सेन्टरले प्रदान गर्ने इएम बाहेका सम्पूर्ण स्वास्थ्य सम्बन्धि सेवाहरु उपभोग वापत बैंकको कार्ड तथा मोबाइल बैंकिङ्गको प्रयोग गरी भुक्तानी गर्दा वास्तविक मुल्यको १५ प्रतिशत सम्म छुट पाउने सोवाले जनाएको छ ।

सोवा हेल्थकेयर सेन्टरले जावलाखेल, ललितपुरबाट गुणस्तरीय सेवा प्रदान गर्दै आईरहेको छ । यस्तै, बैंक अफ काठमाण्डू लिमिटेडले देशभरका ९१ शाखा कार्यालयहरु, ८१ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।

प्रकाशित : १४ कार्तिक २०७८, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह