Logo

राजनीति

कालो पट्टी बाँधेर आन्दोलनमा उत्रिए वकिल र न्यायाधीश


GDP नेपाल
   १४ कार्तिक २०७८, आइतबार


काठमाडौँ ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको राजीनामा माग गर्दै नेपाल बार एसोसिएसन र सर्वोच्च अदालतका १९ न्यायाधीश विरोध प्रदर्शनमा उत्रिएका छन् । करिब एक सातादेखि राणाको राजीनामा माग गर्दै न्यायाधीशहरुले मुद्दा सुनुवाइ ठप्प गरेका छन् ।

कानुन व्यवसायीहरू दुई समूहमा बाडिएसँगै कालो र सेता कपडा बाँधेर सर्वोच्च परिसरमा आन्दोलनमा उत्रिएका छन् । प्रधानन्यायाधीश राणाको विरोधमा उत्रिएका न्यायाधीशहरु ‘ न्यायालयको गरिमा कायम राख्न नसक्ने विवादित प्रधानन्यायाधीश राजीनामा देऊ’ लेखिएको ब्यानरसहित कालो पट्टी बाँधेर अदालत परिसर भित्रै उभिरहेका छन् ।

अदालतमा बन्दीप्रत्यक्षीकरणका मुद्दासमेत अलपत्र परेका छन् । आन्दोलनरत न्यायाधीशहरूले आइतबारबाट बन्दीप्रत्यक्षीकरणको मुद्दा सुनुवाइ गर्ने बताए पनि इजलास गएका छैनन् ।

प्रकाशित : १४ कार्तिक २०७८, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह