Logo

बैंक / बिमा /शेयर

नबिल बैंक र पोखरा विश्वविद्यालयबीच साझेदारी


GDP नेपाल
   १४ कार्तिक २०७८, आइतबार


नबिल बैंकले पोखरा विश्वविद्यालयसँग दिगो बैंकिङ अन्तर्गत उद्यमशीलता विकास र वित्तीय पहुँचको लागि समझदारी गरेको छ ।

नबिल बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह र पोखरा विश्वविद्यालयको मानविकी र सामाजिक विज्ञान संकायका डिन डा. अजय थापाले साझेदारी सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । उक्त साझेदारीको मुख्य उद्देश्य नबिल बैंकले पोखरा विश्वविद्यालयको उद्यमशीलता विकासमा स्नातक कार्यक्रम (Bachelor of Entrepreneurship Development-BED Program) अन्तर्गतका उद्यमशील परियोजना संचालन गरिरहेका उद्यमी विद्यार्थीहरुलाई कर्जा उपलब्ध गराई उद्यमशीलता विकास गर्ने रहेको छ ।

कार्यक्रममा बोल्दै प्रमुख कार्यकारी अधिकृत शाहले यस सम्झौताले नबिल बैंक र पोखरा विश्वविद्यालयको सम्बन्धमा नयाँ आयाम थपेको बताएका छन् । उद्यम गर्ने सोच सँगै त्यस सम्बन्धी ज्ञान हासिल गरेका युवाहरुमा रोजगारी र उद्यमशीलता विकास गरि सामाजिक रुपान्तरणमा सहयोग गर्ने बताएका छन् । त्यस्तै पोखरा विश्वविद्यालयका उपकुलपति प्रा.डा. प्रेम नारायण अर्याल, रजिष्ट्रार डा. दिपक बहादुर भण्डारी तथा मानविकी र सामाजिक विज्ञान संकायका डिन डा. अजय थापाले नबिल बैंकको यस नयाँ सोचको प्रशंसा गर्दै नबिल दिगो बैंकिङ कार्यक्रमको सफलताको शुभकामनासहित यसका लागि विश्वविद्यालयको सधै सहयोग रहने समेत बताएका छन् । उक्त कार्यक्रममा विश्वविद्यालयको विभिन्न पदाधिकारी, उच्च पदस्थ सरकारी कर्मचारी, पत्रकार, लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष तथा विभिन्न व्यवसायी संस्थाका प्रतिनिधि तथा पत्रकार, बुद्धिजिवी साथै BED Program अन्तर्गतका उद्यमशील बन्न चाहने अध्ययनरत विद्यार्थीहरुको उल्लेख्य उपस्थिती थियो ।

नबिल बैंकले गत असार १५ गते धान दिवसको दिन नबिल दिगो बैँकिङको सुरुवात गरेको हो । सरकारको दिगो विकासको लक्ष्यलाई सघाउन नबिल बैंकले दिगो बैंकिङ कार्यक्रम सार्वजानिक गरेको हो । कार्यक्रम अन्तर्गत बैंकले नबिल किसान कर्जा र नबिल उद्ममशिल कर्जा शुरु गरेको छ । बैंकले ग्रामिण क्षेत्रमा वित्तीय पहुच न्यून भएका वर्गलाई लक्षित गरि कृषि क्षेत्रका व्यवसायिकरण र उद्यमशिलता विकासको लागि ल्याएको यो कार्यक्रम सुरुमा १७ वटा दुर्गम शाखाहरुबाट संचालन गरि नबिल किसान कर्जा र नबिल उद्ममशिल कर्जा प्रवाह गर्दै आएको छ ।

प्रकाशित : १४ कार्तिक २०७८, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह