काठमाडौँ ।
समाजवादी इन्जिनियरिङ एसोसिएसन नेपालको प्रथम राष्ट्रिय भेला काठमाडौँँमा सुरु भएको छ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालको प्रमुख आतित्थ्यतामा सो भेला सुरु भएको हो ।
सो कार्यक्रममा बोल्दै एकीकृत समाजवादीका अध्यक्ष नेपालले विकास निर्माणका काममा इन्जिनियरको भूमिका निकै महत्वपूर्ण रहेको बताएका छन् । नेपालले देशभरका सबै इन्जिनियरहरुलाई आफ्नो काममा दत्तचित्त भएर लागिपर्न समेत आग्रह गरेका छन् । देश निर्माणमा प्रधानमन्त्री देखि सामान्य नागरिक समेत सचेत हुनुपर्ने जनाउँदै सबैलाई समाजवादी चिन्तनका साथ अघि बढ्न नेपालले आग्रह गरेका हुन् ।
यस्तै, देशमा अनुगमन प्रणाली र अनुसन्धान कमजोर भएका कारण गुणस्तरीय सडक, पुलपुलेसा निर्माण समयमै हुन नसकेको नेपालले औँल्याएका छन् । देशभरका झण्डै तीन सय इन्जिनियरहरुको सहभागीता रहेको भेलाले छिट्टै कार्य समितिको छनौट गर्ने जनाएको छ ।
कार्यक्रममा श्रम तथा सामाजिक विकास मन्त्री कृष्ण कुमार श्रेष्ठ किसान र नेकपा एस उपमहासचिव विजय पौडेलले भेलालाई सम्बोधन गर्नुहुँदै राष्ट्रिय निर्माणमा इन्जिनियरहरुको भूमीका महत्वपूर्ण रहेको र आफ्नो साथ समर्थन नेपाली इन्जिनियरहरुमाथि रहेको बताएका छन् ।
प्रतिक्रिया