Logo

बैंक / बिमा /शेयर

महालक्ष्मी विकास बैंकको पहिलो त्रैमासमा २३ करोड ५ लाख रुपैयाँ खुद नाफा


GDP नेपाल
   १५ कार्तिक २०७८, सोमबार


काठमाडौं ।

महालक्ष्मी विकास बैंकको नाफा ४४.२८ प्रतिशतले बृद्धि भएको छ ।

बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २३ करोड ५ लाख रुपैयाँ खुद नाफा गरेको छ । गत वर्षको सोहि अवधिमा बैंकले १५ करोड ९७ लाख रूपैयाँ मात्रै खुद नाफा कमाएको थियो । बैंकको खुद ब्याज आम्दानी ८.९२ प्रतिशतले बढेको छ । भने नेट फि तथा कमीशन आम्दानी ५८.५५ प्रतिशत र सञ्चालन मुनाफा ५१.४७ प्रतिशत बढेको छ ।

चुक्ता पूँजी ३ अर्ब ३४ करोड रुपैयाँ रहेको बैंकको जगेडा कोषमा १ अर्ब ७० करोड संञ्चित रहेको छ ।यस अवधिमा बैंकको निक्षेप ३.०४ प्रतिशत र कर्जा ५.८४ प्रतिशतले बढेको छ । त्यस्तै, बैंकको प्रतिशेयर नेटवर्थ १७१ रुपैयाँ ६५ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात २१.१३ गुणा रहेको छ । बैंकको प्रतिशेयर आम्दानी ६ रुपैयाँ ७९ पैसाले बढेर २७ रुपैयाँ ५९ पैसा भएको छ ।

प्रकाशित : १५ कार्तिक २०७८, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह