Logo

बैंक / बिमा /शेयर

माछापुच्छ्रे बैंककाे पहिलो त्रैमासमा ५६ करोड बढी नाफा


GDP नेपाल
   १५ कार्तिक २०७८, सोमबार


काठमाडौँ ।

माछापुच्छ्रे बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा यस बैंकले ५६ करोड १५ लाख रुपैयाँँ खुद नाफा आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ३६ करोड ९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

समीक्षा अवधिमा बैंकले एक अर्ब २६ करोड ८७ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३२.८० प्रतिशतले बढी हो। बैंकको नेट फि तथा कमिशन आम्दानी भने समीक्षा अवधिमा २९.६७ प्रतिशत बढेको छ। असोज मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा एक अर्ब ४५ करोड ९० लाख रुपैयाँ रहेको छ।

चालु आर्थिक वर्षको तीन महिनामा बैंकको जगेडा कोष १४.७६ प्रतिशतले घटेको छ। त्यसैगरी, बैंकको निक्षेप ०.७४ प्रतिशतले बढेको छ भने कर्जा ११.९६ प्रतिशतले बढेको छ।

नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि बढेको छ। चालु आर्थिक वर्षको पहिलो तीन महिनाको वित्तीय विवरण अनुसार बैंकको वार्षिक प्रतिशेयर आम्दानी ७ रुपैयाँ ७४ पैसाले बढेर २४ रुपैयाँ ८१ पैसा पुगेको छ। यस बैंकको मूल्य आम्दानी अनुपात १५.५६ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १४८ रुपैयाँ ३ पैसा रहेको छ। बैंकको निष्कृय कर्जा अनुपात ०.५ प्रतिशत रहेको छ।

प्रकाशित : १५ कार्तिक २०७८, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह