Logo

बैंक / बिमा /शेयर

नेपाल इन्भेष्टमेन्ट बैंकको पहिलो त्रैमासमा ९२ करोड बढी नाफा


GDP नेपाल
   १५ कार्तिक २०७८, सोमबार


काठमाडौं ।

नेपाल इन्भेष्टमेन्ट बैंकको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा ४८.०९ प्रतिशतले बढेको छ । बैँकको नाफा ९२ करोड ३७ लाख ९५ हजार रुपैयाँ पुगेको छ । यस्तै, हालसम्म वितरणयोग्य नाफा २० करोड ६० लाख रुपैयाँ भन्दा धेरै रहेको छ । इन्भेष्टमेन्टको खुद ब्याज आम्दानी २१.७० प्रतिशतले घटेपनि सञ्चालन नाफा ४८.०९ प्रतिशतले बढेको छ । अन्य सञ्चालन आम्दानी बढेपनि सञ्चालन नाफा पनि बढेको हो ।

बैंकको निक्षेप संकलन ७.६३ प्रतिशतले घटेको छ भने कर्जा लगानी १५.१२ प्रतिशतले वृद्धि भएको छ । यसको प्रतिसेयर आम्दानी पनि ५ रुपैयाँ २२ पैसा सुधार हुँदै अहिले २२ रुपैयाँ ७३ पैसा पुगेको छ । असोज मसान्तसम्म बैंकको प्रतिसेयर नेटवर्थ १९९ रुपैयाँ ८७ पैसा छ ।

प्रकाशित : १५ कार्तिक २०७८, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह