Logo

बिजनेस होम

टेलिकमका योजनै-योजना, होलान कति पूरा ?


appharu
   २७ श्रावण २०७५, आइतबार


काठमाडौं । नेपाल टेलिकमले चालू आर्थिक वर्षमा २२ अर्ब रुपैयाँ पुँजीगत लगानी गर्ने जनाएको छ ।

कम्पनीले जिएसएम मोवाइल, फाइवर टु दी होम, ७७ वटै जिल्लामा वाइफाई सेवाको पुर्वाधार विस्तार तथा सेवा विस्तार तथा गुणस्तर सुदृढीकरणको लगायतका परियोजनामा यो परिमाणमा लगानी गर्ने भएको हो ।

दूरसञ्चार क्षेत्रमा मोबाइल तथा डाटा सेवाको माग बढ्दै गएकाले फोरजी÷एलटीई सेवालाई कम्पनीले उच्च प्राथमिकतामा राखेको छ । कम्पनीले विद्यालय, स्वास्थ्य संस्था र गाउँपालिकामा वाइम्याक्स प्रविधि मार्पmत न्युनतम ५ सय १२ केविपिएस क्षमताको ब्रोडब्याण्ड इन्टरनेट सेवाको हट स्पट स्थापना गर्ने जनाएको छ ।

टेलिकमले ७७ वटै जिल्ला सदरमुकाम तथा प्रमुख ब्यापारिक केन्द्रहरुमा वाइफाई सेवा सञ्चालनमा ल्याइन तथा एकद्वार ग्राहक सेवा प्रणालीबाट ग्राहकहरुको गुनासाहरु सम्बोधन गर्ने योजना पनि सार्वजनिक गरेको छ ।

यस्तै, भ्वाइस सेवातर्फ कुल २७ लाख ३३ हजार टेलिफोन लाइन थप वितरण गरी टेलिघनत्व ७० प्रतिशत पु¥याउने तथा डाटा सेवाको घनत्व पनि बृद्धि गर्दै ४५ प्रतिशत पु¥याउने योजना कम्पनीको छ ।

कम्पनीले आर्थिक वर्ष २०७५÷७६ मा कम्पनीको सञ्चालन आय ४४.२५ अर्ब पु¥याउने र कुल आय १० प्रतिशतले वृद्धि गर्ने लक्ष्य तय गरेको छ । कम्पनीले गत आर्थिक वर्षमा ४५ अर्ब ५६ करोड ५८ लाख रुपैयाँ आम्दानी गरेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा यो आम्दानी २.१९ प्रतिशतले बढि हो ।

प्रकाशित : २७ श्रावण २०७५, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह