Logo

बैंक / बिमा /शेयर

महालक्ष्मी विकास बैंकद्वारा मोबाइल बैंकिङ्गको स्तरोन्नत्ती


GDP नेपाल
   १६ कार्तिक २०७८, मंगलबार


काठमाडौँ ।

महालक्ष्मी विकास बैंकले हाल सञ्चालनमा रहेको मोबाइल बैंकिङ्ग सेवालाई प्रतिस्थापन गर्दै Omni Channel मा आधारित अत्याधुनिक BankXP System मा स्तरोन्नत्ती गरेको छ । मोबाइल बैंकिङ्ग सेवालाइ थप प्रविधिमैत्री एवंम समय सापेक्ष बनाउने उद्देश्यका साथ मोबाइल बैंकिङ्ग सेवालाई प्रतिस्थापन गरिएको बैँकले जनाएको छ । यस सेवाबाट ग्राहकलाई डिजिटल कारोवार गर्दा सहज हुनुका साथै छिटो, छरितो, चुस्त तथा दुरुस्त हुने विश्वास बैंकले लिएको छ ।

यस सेवा अन्तर्गत बैंकमा खाता नभएका व्यक्तिले समेत बैंकिङ्ग कारोबार गर्न सक्नेछन् । यस सेवामा रहेको ई क्यास सुविधा अन्तर्गत बैंकमा खाता नभएका ग्राहकलाई मोबाइल नं को आधारमा रकम पठाउन सकिने प्रबन्ध मिलाईएको छ । यसका साथै ई भौचर सुविधाले बैंकमा आएर भौचर भर्नुपर्ने अवस्थाको समेत अन्त्य गरेको छ । ग्राहकहरुले मुद्दती खाता खोल्ने, खाताको विवरण हेर्ने, रकमान्तर गर्ने, अनलाइन भुक्तानी गर्ने, क्यूआर कोड मार्फत भुक्तानी गर्ने लगायतका विभिन्न उपयोगी सेवाहरु प्राप्त गर्न सक्नेछन् । यस प्रयोगकर्ता मैत्री प्रविधि, BankXP System मा स्तरोन्नत्ती गरे सँगै अब बैंकका ग्राहकहरुले बैंकमा नगई मोवाईल वा कम्प्यूटरका माध्यमबाट घरमै बसिबसि विभिन्न बैंकिङ्ग सेवाहरु सहज रुपमा प्राप्त गर्न सक्ने विश्वास बैंकले लिएको छ । यस सेवालाई प्रयोग गर्नका लागि ब्लमचयष्म को Playstore र IOS को AppStore बाट ग्राहक महानुभावहरुले WWW.mahalaxmibank.com डाउनलोड गर्न सक्नेछन् । यस बैंकको वेबसाईट ध्ध्ध्।mबजबबिहmष्दबलप।अयm बाट पनि उक्त सेवालाई सजिलै प्रयोग गर्न सकिने छ ।

हाल बैंकले प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, बाग्मती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णाली प्रदेशमा २ र सुदुरपश्चिम प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखाहरु मार्फत करिब ६ लाख ग्राहकहरुलाई उच्चस्तरीय वित्तीय सेवाहरु सरलिकृत तवरले प्रदान गर्दै आइरहेको छ ।

प्रकाशित : १६ कार्तिक २०७८, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह