Logo

बिजनेस होम

चेम्बर भर्सेस महासंघः काठमाण्डौ उद्योग वाणिज्य संघ चेम्बरको कब्जामा !


appharu
   २८ श्रावण २०७५, सोमबार


काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले चेम्बर अफ कमर्सलाई काउन्टर दिन काठमाडौं जिल्ला उद्योग वाणिज्य संघ गठनको तयारी गरिरहेका बेला चेम्बरले नै सोही नामको अर्को संगठन गठन गरेको छ ।

अचम्म त के भने काठमाडौं चेम्बर भन्दै प्रचार गरिए पनि जिल्ला प्रशासन कार्यालयमा यस संस्थाको नाम काठमाडौं उद्योग वाणिज्य संघ राखिएको छ । अन्य जिल्लामा जिल्लागत चेम्बर भनेर दर्ता गरिए पनि काठमाडौंमा भने उद्योग वाणिज्य महासंघको जिल्ला संगठनको नाममा दर्ता गरिएको छ ।

चेम्बरका प्रदेश ३ संयोजक रहेका कृष्णमान श्रेष्ठलाई काठमाडौं उद्योग वाणिज्य संघका नाममा जिल्ला प्रशासन कार्यालयले दर्ता अनुमति प्रदान गरेको छ । तर, यो संस्थाविरुद्ध महासंघले आफ्नो नाम दुरुपयोग गरेको भन्दै कारवाहीको मागसमेत गर्नसक्ने एक सदस्यले बताए ।

महासंघले चेम्बर बाहिरिएसँगै काठमाडौं उद्योग वाणिज्य संघ दर्ता गर्ने तयारी गरिरहेको समाचार जीडीपी नेपालबाट सार्वजनिक भएको थियो । तर सीडीओ कार्यालयमा गएर पुरानो मिति राखेर संस्था दर्ता गरिएको भन्दै महासंघका एक पदाधिकारीले त्यसलाई सच्याउन आग्रह गरिने बताए ।

काठमाडौंमा महासंघनिकट उद्योग वाणिज्य संघ गठन भए त्यसको नेतृत्व हाइप्रोफाइल व्यक्तिले गर्ने सम्भावना छ । जसले चेम्बरको केन्द्रीय नेतृत्वका एजेण्डा नै छायाँमा पर्ने देखिन्छ । महासंघका विशिष्ठ सदस्य चण्डिराज ढकाल, जिल्ला तथता नगर क्षेत्रका उपाध्यक्ष किशोरकुमार प्रधान र प्रदेश ३ का सभापति दिनेश श्रेष्ठ यसका लागि गहन छलफलमा जुटेका छन् ।

चेम्बरनिकट काठमाण्डौ उद्योग वाणिज्य संघको तदर्थ समिति अध्यक्षमा कृष्णमान श्रेष्ठ, उपाध्यक्षमा देवेन्द्रभक्त श्रेष्ठ, द्वितिय उपाध्यक्षमा अमृतप्रसाद द्वा, ासचिवमा कृष्णहरि महर्जन, सचिवद्वयमा टेक बहादुर शाक्य(अन्जन) र रुपेश प्रधान, कोषाध्यक्षमा सुनिता वैद्य, सहकोषाध्यक्षमा पवित्र वज्राचार्य रहेको जनाइएको छ ।

प्रकाशित : २८ श्रावण २०७५, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह