Logo

राजनीति

मुख्यमन्त्री राईले लिए शपथ, को-को बने मन्त्री ?


GDP नेपाल
   १६ कार्तिक २०७८, मंगलबार


विराटनगर ।

प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री राजेन्द्र राईले पद तथा गोपनीयताको शपथ लिएका छन् । राईलाई प्रदेश प्रमुख सोमनाथ अधिकारीसमक्ष शपथ लिएका हुन् ।

राईलाई प्रदेश प्रमुख अधिकारीले संविधानको धारा १६८ (२) अनुसार मंगलबार मुख्यमन्त्री नियुक्त गरेका हुन् । यस्तै, मुख्यमन्त्री राईले ६ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन् ।

नवगठित मन्त्रिपरिषद्‌मा केदार कार्की आन्तरिक मन्त्री, हिमाल कार्की भौतिक मन्त्री, इन्द्र आङबो आर्थिक मामिला मन्त्री, जयराम यादव सामाजिक विकास मन्त्री र विष्णुमाया तुम्बाहाम्फे सामाजिक विकास राज्यमन्त्री बनेका छन् ।

नवनियुक्त मन्त्रीहरू र राज्यमन्त्रीले पनि आजै शपथ लिएका छन् ।

प्रकाशित : १६ कार्तिक २०७८, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह