काठमाडौँ ।
नबिल बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ ।
बैंकले गत आर्थिक वर्ष २०७७/७८को मुनाफाबाट सेयरधनीहरुका लागि ३८ प्रतिशत लाभांश वितरणको घोषणा गरेको हो । बैंकको मंगलबार बसेको संचालक समितिको बैठकले ३३.६ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ४.४ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो ।
प्रस्तावित लाभांश राष्ट्र बैंकबाट स्वीकृत भइ बैंकको आगामी साधारणसभाबाट पारित भएपछि वितरण गरिने बताइएको छ ।
प्रतिक्रिया